आज : Wednesday, April 02, 2025 | २०८१ चैत २० बुधबार

शान्ति प्रक्रिया टुँग्याँऊ, जस मलाइ चाहिएन :ओली

समाज खबर संवाददाता |

काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेता एकै मञ्चमा देखिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संक्रमणकालीन न्यायसँग सम्बन्धित कार्यक्रममा एउटै मञ्चमा देखिएका हुन् ।‘नेपालको सङ्क्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरुको सत्य, न्याय र परिपूरणीय अधिकार सम्बन्धी’ राष्ट्रिय सम्मेलनमा बिहीबार तीन नेता एउटै मञ्चमा देखिएका हुन् ।सम्मेलनमा संयुक्त राष्ट्रसंघकी आवासीय प्रतिनिधि हाना सिंगर, सांसद, द्वन्द्वपीडितका प्रतिनिधि लगायत सहभागी छन् ।कार्यक्रममा शीर्ष नेताहरुले सम्बोधन गरेका थिए । प्रधानमन्त्री ओलीले शान्ति प्रक्रिया टुँगोमा पुर्याउनुपर्नेमा जोड दिंदै जस आँफूलाई नचाहिएको पनि बताए । 

प्रतिकृया दिनुहोस