पारा ओलम्पिककि तारा शर्मिला, स्वदेशमै केहि गर्ने हुटहुटी,राज्यले कहिले सम्झेला ?
समाज खबर संवाददाता |

काठमाण्डौं । नेपालको पारा ओलम्पिकले कहिल्यै भुल्न नसक्ने नाम हो शर्मिला भण्डारी । लामो संघर्षपश्चात उनी अब्बल प्रशिक्षक भएर नेपालको नाम चम्काइन तर उनी आँफै भने यतिबेला गुमनाम छिन् । यतिबेला उनी जीवन चलाउने संघर्षमा बेलायतमा छिन्। राज्यले सम्झे उनी स्वदेशमै यहि क्षेत्रमा केहि योगदान दिन चाहन्छिन् । आज हामीले उन्कै संर्घषको कथा प्रस्तुग गरेका छौ र राज्यसंग पनि यस्ता प्रतिभाको कदर गर्न आब्हान पनि गर्दर्छौै ।
सन् २००४ नेशनल पारा ओलम्पिक कमिटी नेपाल इन्टरनेशनल संस्थाको दर्ता भयो । ,दर्ता गराउने व्यतिm थिए स्वर्गीय सुरेन्द्रबहादुर बस्नेत । त्यसपछी २००४ मा द्ुई खेलाडी सहित उनको स परिवार ग्रीकको इन्टरनेशनल पारा ओलम्पिक खेलमा सहभागी हुन गए ।
त्यसपछि २००६ मा पारिवारिक भेटघाटको क्रममा उनको भेट सुरेन्द्र बस्नेतसंग भयो । छलफलकै क्रममा बस्नेतले संस्थामा जोडिँदा हुने फाइदा लगायतका बिषयमा चर्चा गरेपछि उनी राजी भइन् । २५ हजारको दरले लेबि बुझाउदै स परिवार आजीवन सदस्य भइन । अनि अध्यक्ष सुरेन्द्र बहादुर.बस्नेत,महासचिव पशुपति पराजुली,सचिव स्वर्गीय सुरेन्द्र. बस्नेतका छोरा बिश्वास बस्नेत,कोषाध्यक्षमा ओमनाथ शिवाकोटी र अरू थप २÷४ गरेर ११े सदस्यीय कमिटि बन्यो । त्यतिखेर अपाङ्गताको संस्था भनेर खासै काम गर्न कोही अघि सर्दैन थिए ।
त्यसपछि २००८ मा चीनको बेइजिङमा फेरी अर्को पारा ओलम्पिक खेल भयो। त्यसमा शर्मिलाको लगानी र सहयोग रह्यो । तर उनी जान पाइनन् । २०१० मा हङकङमा एशियन पारा ओलम्पिक खेल भयो त्यसमा पनि उनी परिनन् । फेरि २०१२ मा लण्डनमा फेरि इन्टरनेशनल पारा ओलम्पिक आयोजना भयो । समय समयमा यस्ता प्रतियोगिता भै राख्छन् तर राज्यबाट सहयोग र प्रेरणा खासै भएको छैन । सन् २०१५ मा सुरेन्द्र ब.बस्नेतको निधन भएपछि संस्थामा अध्यक्ष को हुने भन्ने विवाद बढ्यो । सुरेन्द्र बस्नेतको नजिकको साथी भएको नाताले ,केदारबाबु शिवाकोटीलाई कार्यवाहक अध्यक्ष बनाई अगाडी बढाउने सहमति भयो। २०१६ मा ब्राजिलमा फेरी पारा ओलम्पिक आयोजना भयो । उनी ब्यक्तिगत लगानीमा ब्राजिल गइन् । शर्मिला आफ्नै लगानी र पहलमा २ नाबालक बच्चा छोडेर सात समुद्र पारी गइन् त्यो उनको पहिलो बिदेश भ्रमण थियो। भाग्यको खेल भनौ या उनको मेहनतको फल ,त्यहा उनकै कारणले नेपाल नेपाल भन्ने स्वर गुन्जिन थाल्यो । नेपाली टिम भनेपछि सबैले सोध्ने एउटै प्रश्न हुन्थो, र्शमिला खोई ? त्यस्ले उनलाई आनन्द दिएपनि कतिपय साथीभाइमा भने इष्र्या प्रष्ट देखिन्थ्यो । त्सपछी सन् २०१७ मा उनी त्यही संस्था अन्तर्गत पर्ने पारा एथलेटिक्स एशोसिएशन अफ नेपालको अध्यक्ष भइन् । सन् २०१८ मा पारा ओलम्पिक कमिटीको अध्यक्ष राधा घले बनेकि थिइन् । राजनीतिक पहुँचको आधारम उनी अध्यक्ष भइन् । सन् २०१८ मा फेरि एशियन पारा ओलम्पिक खेल इन्डोनेशियामा हुँदै थियो शर्मिला पनि २५ जना खेलाडी लिएर गइन् । भाग्यबस त्यहाँ उनलाई ७ दिने इन्टरनेशनल पारा ओलम्पिक वर्कशपमा भाग लिने मौका मिल्योे । यो उन्को र नेपालकै लागि खुशीको बिषय थियो । त्यस्ले उनलाई प्राबिधिक पक्षको धेरै बिषय सिकायो । प्रशिक्षण क्षेत्रमा, उनी पारा ओलम्पिकको पहिलो महिला बन्न सफल भइन् । त्यहाँबाट फर्किएपछि उनले ओमनाथ सिवाकोटीको सहयोगमा ,नेपालमा पहीलो ओपन पारा एथलेटिक्स प्रतियोगिता आयोजना गरिन् । ८५ जना पारा खेलाडीहरूको सहभागीतामा सानदार रुपमा सफल भयो त्यसपछि यो खेलको प्रचार प्रसार हुन थालिसकेको थियो । त्यसपछि सरकारले अलि अलि चासो दिएजस्तो गर्न थाल्यो ।
सन् २०१९ मा उनले प्रशिक्षक प्रशिक्षणको सिलसिलामा हङकङ, वेलायत, अस्ट्रेलिया ,युएई धेरै देशमा जाने र केही सिक्ने मौका पाइन् । २०१९ मै खेलाडी र अफिसिएल लिएर अस्ट्रेलिया र दुबई जाने पहिलो ब्यक्ति शर्मिला हुन् । सन् २०१९ मै फेरी उनले नेपालको प्रतिनिधित्व गर्दै एक्लै भर्चुअल वल्र्ड गेममा सहभागी हुने मौका पाएकी थिए। त्यसबेलासम्म उनले आफै र आफ्नै छुट्टै एउटा संस्था अन्तर्राष्ट्रिय स्तरमा दर्जा गराइसकेकि थिइन। त्यसपछि उनी एशियन बोर्ड मेम्वरमा सिफारिश भएको खबर आयो । २०१९ मा, उनी फेरी नेपाल को प्रतिनिधित्व गर्दै एक्लै अस्ट्रेलिया पुगिन । त्यहाँ ७५ देशका खेलाडी सहित लाखौको संख्यामा खेलप्रेमीको उपस्थिति थियो । त्यहाँ भर्चुअल वल्र्ड गेम अर्थात क्ष्ल्ब्क् नयिदब िनबmभक २०१९ हुँदै थियो । त्यहाँ उनको नाम कसैले एशियन बोर्ड मेम्वरमा प्रस्ताव गरिसकेको रहेछ । । एक्कासि मञ्चबाट सबैभन्दा धेरै मत ल्याएर एक मात्र एसिएन महिला ,शर्मिला भण्डारी बीजयी भएको भन्दै बधाई कराउन थालेपछि उनी खुशीले गदगद भइन । त्यहाँ उनले पुरस्कार बितरण गर्ने मौका पाइन् । त्यसपछि बिस्तारै नेपाल सरकारको पनि ध्यानाकर्षण हुन थाल्यो । तर बिडम्बना त्यसपछि संसारलाईनै कोबिडले सतायो । त्यपछी उनी पारिवारिक समस्याले गर्दा बच्चाहरू सहित बेलायत पुगिन् । बेलायत पुगेको ४ बर्ष देखी पाराखेलाडीहरुलाई बिभीन्न खेलको प्रशिक्षण दिने काम गरिरहेकि छिन । उनी २०२४मा coach of the year great Britain उपाधि पाउन सफल भइन । उनी लामो समय स्वास्थ्य स्वयंसेवक भएर पनि काम गरिसकेकि छिन् । देशका लागि धेरै योगदान दिएकि एक नेपाली चेलीको नाम बिश्वस्तरमा फैलदा पनि नेपाल सरकारले भने कुनै सोधखोज गर्न आबश्यक ठानेको छैन । समयले साथ दिए उनी स्वदेशमै केहि गर्न चाहन्छिन् उनको निस्वार्थ चाहनामा के राज्य गम्भीर बन्ला ?
प्रतिकृया दिनुहोस