चीन लैजान लाग्दा बरामद भएको २५ करोड कस्को हो ?प्रहरी खोजी गर्दै
समाज खबर संवाददाता |

काठमाडौं । प्रहरीले काठमाडौंबाट ठूलो परिमाणमा नगदसहित दुई जनालाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले २५ करोड रुपैयाँबराबरको रकम बरामद गरेको हो ।ना१ख १६५२ नम्बरको एउटा ट्रकबाट उक्त रकम बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद गरिएको रकममा नेपाली, अमेरिकी डलर र युरोलगायत छन् ।पक्राउ परेका सिन्धुपाल्चोक भोटेकोशी नगरपालिका १ का ४३ वर्षीय फुच्चे भनिने कुसाङ लामाले आफू भरियामात्र भएको बताएपनि मुख्य व्यक्तिको बारेमा खुलाएका छैनन् । लामा सुन तस्करी आरोपमा पाँच वर्ष जेल परेका थिए। जेलबाट छुटेपछि उनले ट्रक चलाउन थालेको देखिन्छ।नेपाल प्रहरीले अवैध रुपमा समातेको रकम सम्भवत: अहिलेसम्मकै धेरै हुन सक्ने प्रहरीको भनाई छ ।
प्रतिकृया दिनुहोस