प्रहरीमा सुधारको खाँचो छ मैबाट शुरु गर्छु :प्रहरी महानिरीक्षक
समाज खबर संवाददाता |

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले प्रहरीमा व्यापक सुधार आवश्यक रहेको बताएका छन् ।मगलबार गृह मन्त्रालयमा दज्र्यानी चिन्ह लगाएपछि उनले प्रहरी भित्रको सुधार आफैंबाट सुरू गर्ने बताएका हुन् ।उनले भने, ‘प्रहरी कस्तो छ भनेर हामीले लुकाउनुपर्ने केही छैन। ती पक्ष लुकाएर वा दबाएर प्रहरीमा सुधार हुन्छ भन्नेतर्फमा म विश्वास पनि गर्दिनँ । सुधारको प्रारम्भ कोही र कसैबाट होइन म भित्रैबाट नै आवश्यक छ भन्ने स्वीकार गरी अघि बढ्नुको विकल्प छैन।’उनले मुलुकमा शान्ति सुरक्षाको कार्यान्वयन र मानव अधिकारको प्रत्याभूति गर्न आफू प्रतिवद्ध रहेको बताए । थापालाई सोमबार बसेको मन्त्रिपरिषद बैठकले आईजीपीमा बढुवा गरेको थियो ।
प्रतिकृया दिनुहोस