आज : Thursday, March 20, 2025 | २०८१ चैत ७ बिहीबार

एसईई परीक्षा आजदेखि शुरु, ५ लाख बढी बिद्यार्थी सहभागि

समाज खबर संवाददाता |

काठमाडौं । विद्यालय शिक्षा परीक्षा ‘एसईई’मा आजदेखि सुरु भएको छ । देशैभरका २०७९ परिक्षा केन्द्रमा परिक्षा शान्तिपूर्ण रूपमा पहिलो दिनको परीक्षा सम्पन्न भएको छ । बिहान ८ बजे देखी सुरू भएको परिक्षा ११ बजे सकिएको हो ।  आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा भएको होे । आजै संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरासातर्फ अनिवार्य अरेविक भाषाको परीक्षा पनि भएको छ ।  यो वर्ष विभिन्न बाल सुधारगृह र कारागारबाट ४८ जनाले एसईई परीक्षा दिन लागेका छन् । जसअनुसार भक्तपुरको सानो ठिमीमा रहेको बाल सुधार गृहबाट २७ जना, सुन्धारास्थित केन्द्रीय कारागारबाट १९ जना, दैलेखको बाल सुधारगृहबाट ६ जना तथा धुलिखेल र दाङबाट १–१ जना गरी ४८ जनाले थुनाबाट परीक्षा दिएका छन् ।   परीक्षा बोर्डका अनुसार यो पटक मनाङमा जम्मा ४६ जनाले मात्रै एसईई परीक्षा दिँदै छन् भने सबैभन्दा बढी काठमाडौंवाट ३९ हजार बढीले परिक्षा दिइरहेका छन् ।

Image

प्रतिकृया दिनुहोस