आज : Thursday, March 20, 2025 | २०८१ चैत ७ बिहीबार

वाग्लेको बेजोड अभिनय, ल्याए कहाँ ठग्यो भाग्यले.....(भिडियो सहित)

समाज खबर संवाददाता |

काठमाण्डौं । लामो समय न्याय सेवामा बिताएर सर्वौच्च अदालतको उप सचिवबाट हालै निबृत्त कलाकार राजेन्द्र वाग्लेको बेजोड अभिनय रहेको कहाँ ठग्यो भाग्यले ... बोलको गीत सार्वजनिक भएको छ ।  यस म्युजिक भिडियोमा सन्तान विदेशमा, आमा वुवा स्वदेशमा रहदाको परिवेशको कष्टपूर्ण भोगाईमा कलाकार वाग्लेको जीवन्त अभियन रहेको छ । एउटा ब्यक्तिलाई भाग्यले ठगे पछिको पिडा म्युजिक भिडियोमा प्रस्तुत गरिएको छ l  गितकार बिदुर गौतमद्वारा लेखिएको  गीतलाई सन्तोष श्रेष्ठले सङ्गीत भरेका छन्। यस गीतमा नेपाल आइडल बिजेता करण परियारले मिठो स्वर दिएका छन्  ।  गीतमा राजु कार्कीको म्युजिक अरेन्ज रहेको छ । कलाकार वाग्ले र मन्जु गिरीको अभिनय रहेको यस गीतको भिडिओ अभय चौधरीले छायाङ्कन  गरेका हुन् । प्रसिद्ध म्युजिक भिडियो निर्देशक राज केसीले निर्देशन गरेका छन् ।  म्युजिक भिडियो. ओएसआर युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।कलाकार  वाग्लेले यस अघि पनि बिभिन्न म्युजिक भिडियोमा जीवन्त अभिनय गरिसकेका छन् ।  

 

प्रतिकृया दिनुहोस