आज : Wednesday, March 12, 2025 | २०८१ फाल्गुण २८ बुधबार

राजावादीको गतिबिधिमा देशभित्र र बाहिरको चलखेल देखिन्छ : प्रचण्ड 

समाज खबर संवाददाता |

 काठमाण्डौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एव पूर्व प्रधानमन्त्री  पुष्पकमल दाहालले राजावादीहरुको गतिबिधि बढ्नुमा देशभित्र र बाहिरको चलखेल रहेको दाबी गरेका छन् । 
 प्रतिनिधि सभाको बैठकमा बिशेष समय लिएर बोल्दै प्रचण्डले सडकमा देखिएको बिभिन्न ब्यक्तिको फोटो प्रर्दशन भएबाट पनि त्यस्तो पुष्टि गर्न सकिने उनले बताए । 
 प्रमुख दुइ दलको सरकारकै कारण पनि जनतामा निराशा बढेको प्रचण्डले दाबी गरे । 
 उनले आँफू प्रधानमन्त्री छोडेको ८ महिनायता नागरिकमा चरम निराशा देखिएको  पनि बताए । 
 उनले बर्तमान सरकारको घोडा बिचौलियाहरुले चलाएको पनि आरोप लगाए । 

प्रतिकृया दिनुहोस