आज : Wednesday, March 12, 2025 | २०८१ फाल्गुण २८ बुधबार

जनता रिसाएका छन् उनीहरुसंग संवाद गरौं: गगन थापा

समाज खबर संवाददाता |

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले जनता आक्रोशित भएको भन्दै उनीहरु रिसाएको विषयमा सामधान गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै उनले संविधान र व्यवस्थाको रक्षाको लागि कांग्रेस दृढताका साथ उभिएको बताए । आजकै संसदमा विपक्षी दलका नेता पुष्पकमल दाहालले संविधान र लोकतन्त्रप्रति राखेको प्रतिबद्धताको सराहना गरे ।उनले भने,‘पूर्व प्रधानमन्त्रीज्यू प्रचण्डले यहाँ अहिले राखेको अभिव्यक्ति सुन्ने मौका पाएँ । खासगरी नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रमुख प्रतिपक्ष दलले राखेको प्रतिबद्धताको मेरो पार्टीका तर्फबाट सराहना गर्न चाहन्छु, हामी सबै यो व्यवस्था र संविधानप्रति उत्तिकै प्रतिबद्ध छौँ ।’थापाले गणतन्त्र आएपछि सबैभन्दा धेरै सरकारमा माओवादी केन्द्र बसेको उल्लेख गर्दै अहिलेको सरकारले गर्दा मात्र अहिलेको अवस्था आएको भन्ने प्रचण्डको भनाईको खण्डन गरेका थिए ।  

प्रतिकृया दिनुहोस