आज : Wednesday, March 12, 2025 | २०८१ फाल्गुण २८ बुधबार

संसदमा तोसिमा कार्कीको प्रश्न : पुरुष मन्त्रीले महिला सचिवसंग काम गर्न नसक्ने हो ?

समाज खबर संवाददाता |

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले स्वास्थ्य मन्त्रालयको सचिव बढुवा गर्दा वरियता मिचेको भन्दै आपत्ति जनाएकी छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद कार्कीले वरिष्ठताका आधारमा एक नम्बरमा रहेकी डा संगीता मिश्रलाई पन्छाएर अर्कैलाई सचिव नियुक्ति गरिएको भन्दै यस्तो किन गरियो रु भनेर प्रश्न गरेकी हुन् ।  उनले भनेकी छन्, ‘संविधानमा लैङ्गिक समानताको धारा त राख्यौँ तर राज्यले महिलामाथि हेर्ने दृष्टिकोण परिवर्तन हुन सकेन । स्वास्थ्य मन्त्रालयको सचिवका लागि सिफारिस र वरिष्ठताका आधारमा एक नम्बरमा रहेकी डा। संगीता मिश्रलाई पन्छाएर अर्कैलाई सचिव नियुक्ति गरियो । यस्तो किन गरियो ? पुरुष मन्त्रीले महिला सचिवसँग कामै गर्न नसक्ने हो ? कि महिला नेतृतव स्वीकार नगरिएको हो ? सरकारसँग संसदले जवाफ माग्नुपर्छ ।’

प्रतिकृया दिनुहोस