आज : Tuesday, March 11, 2025 | २०८१ फाल्गुण २७ मंगलबार

राजावादीको गतिविधि बढेपछि राजधानीमा निषेधाज्ञा ( सूचना सहित)

समाज खबर संवाददाता |

काठमाण्डौं लगायत देशब्यापी रुपमा राजावादीको गतिविधि बढेपछि सरकारले सुरक्षा प्रबन्ध कडा बनाएको छ । यसै सन्दर्भमा सरकारले काठमाण्डौंका बिभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको छ।प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको निर्देशनमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले २ महिनाका लागि निषेधाज्ञा जारी गरेको हो।काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले नयाँबानेश्वर, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय र प्रधानमन्त्री निवास बालुवाटार आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरेका हुन्। े आदेशमा ती ठाउँमा ५ जनाभन्दा बढी व्यक्ति भेला हुन् निषेध गरिएको छ।

 

 

प्रतिकृया दिनुहोस