राजावादीको गतिबिधिमा देशभित्र र बाहिरको चलखेल देखिन्छ : प्रचण्ड
समाज खबर संवाददाता |

काठमाण्डौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एव पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले राजावादीहरुको गतिबिधि बढ्नुमा देशभित्र र बाहिरको चलखेल रहेको दाबी गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा बिशेष समय लिएर बोल्दै प्रचण्डले सडकमा देखिएको बिभिन्न ब्यक्तिको फोटो प्रर्दशन भएबाट पनि त्यस्तो पुष्टि गर्न सकिने उनले बताए ।
प्रमुख दुइ दलको सरकारकै कारण पनि जनतामा निराशा बढेको प्रचण्डले दाबी गरे ।
उनले आँफू प्रधानमन्त्री छोडेको ८ महिनायता नागरिकमा चरम निराशा देखिएको पनि बताए ।
उनले बर्तमान सरकारको घोडा बिचौलियाहरुले चलाएको पनि आरोप लगाए ।
प्रतिकृया दिनुहोस