आज : Tuesday, March 11, 2025 | २०८१ फाल्गुण २७ मंगलबार

राजावादीले गरे पूर्व राजा ज्ञानेन्द्रलाई राजधानीमा भब्य स्वागत

समाज खबर संवाददाता |

 काठमाण्डौं । केहि दिनदेखि पोखरामा रहेका पूर्व राजा ज्ञानेन्द्र शाह चार्टर बिमान मार्फत त्रिभुवन बिमानस्थल ओर्लिएका छन् । उनलाई बिमानस्थलमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, नेता पशुपति शम्सेर राणा, प्रकाशचन्द्र लोहन,ि राप्रपा नेपालका अध्यक्ष कमल थापा लगायतले स्वागत गरेका थिए । बिमानस्थल देखि निर्मल निवाससम्म ठूलो संख्यामा राजावादीहरुको उपस्थिति थियो । उनीहरुले राजा फर्कने कार्यक्रमलाई शक्ति प्रर्दशनका रुपमा लिएका छन् । विमानस्थलको द्वारमा आफ्नो गाडीमा उभिएर पूर्वराजाले आफ्नो समर्थकहरुको अभिनन्दन स्वीकार गरेका थिए । राप्रपा, राप्रपा नेपाल, दुर्गा प्रसाइले नेतृत्व गरेको समूह लगायत सर्वसाधारण पूर्व राजाको स्वागतका लािग सडकमा उत्रिएका थिए । प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाएको थियो । 

Image

प्रतिकृया दिनुहोस