पूर्वराजा पोखराबाट काठमाडौँ आउँदै, राजावादीहरूले शक्ति प्रदर्शन गर्ने
समाज खबर संवाददाता |

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह आज पोखराबाट काठमाडौँ आउने अवसर पारेर राजावादीहरूले काठमाडौँमा शक्ति प्रदर्शनको तयारी गरेका छन् । राजावादीहरुको आव्हानमा त्रिभुवन बिमानस्थलदेखि निर्मल निवाससम्म स्वागत गर्ने तयारी रहेको छ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि महाराजगञ्जस्थित निर्मल निवाससम्मको क्षेत्रलाई उच्च सुरक्षा संवेदनशील मान्दै सुरक्षा व्यवस्था कडा पारेको हो । राप्रपा, राप्रपा नेपाल, दुर्गा प्रसाईँ समूह लगायतले आज विमास्थलमा पूर्वराजालाई स्वागत गर्ने भन्दै तयारी थालेका हुन् । पछिल्लो समय राजनीतिक दलहरुप्रति बितृष्णा बढेको भन्दै राजावादीहरुको गतिविधि तीव्र देखिएको छ । दलका नेताहरुले भने लोकतन्त्रको बिकल्प निरंकुशता हुन नसक्ने बताउँदै आएका छन् ।
प्रतिकृया दिनुहोस