कुलमानसंग सरकारले किचकिच गरेको ठीक भएन :गगन थापा
समाज खबर संवाददाता |

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि सरकारे किचकिच गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।सिन्धुलीमा शनिबार पार्टीको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले कुलमानलाई सरकारले पटक–पटक स्पष्टीकरण सोधेको भन्दै असन्तुष्टि जनाएका हुन् ।उनले मन्त्रीहरुलाई राम्रो काम गर्न नसके नराम्रो काम नगर्न आग्रह गरे । उनले एउटा सरकार नै एउटा व्यक्तिको पछि लागिरहेको जस्तो देखिएको बताए ।उनले भने, ‘अहिले हामी सुनिरहेका छौं, ऊर्जा मन्त्रालयको । मन्त्रालयअन्तर्गत विद्युत प्राधिकरण छ । मैले बुझ्न सकेको छैन, बदनियत हो कि ढंग नपुगेको हो, तीन–चार महिनामा सेवा निवृत्त हुने एउटा व्यक्तिको पछि सरकार नै लागेको देखिन्छ । यस्ता कुरा ठीक होइन । तीनचार महिनापछि उपयुक्त व्यक्ति ल्याएर नेतृत्व गर्न दिने । सरकारले नै व्यक्तिको पछि लागेर किचकिच गरिरहेको देखिन्छ । यस्तो कुरा ठीक होइन । यस्तो काममा कोही मन्त्रीहरू लाग्नु हुँदैन । प्रधानमन्त्री भनेको सरकारको, त्यो क्याबिनेटको मास्टर हो । उसले राम्रो कामको श्रेय पाउँछ, नराम्रो कामको अपजस पनि लिनुपर्छ ।’
प्रतिकृया दिनुहोस