आज : Wednesday, March 12, 2025 | २०८१ फाल्गुण २८ बुधबार

शिक्षकहरु फेरि आए सडकमा

समाज खबर संवाददाता |

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षकहरु फेरि आन्दोलनमा उत्रिएका छन् । शनिबार शिक्षकहरुले काठमाडौंको माइतीघरदेखि नयाँबानेश्वरसम्म प्रदर्शन गरेका छन् ।नेपाल शिक्षक महासंघको नेतृत्वमा देशैभरका शिक्षकहरु काठमाडौं केन्द्रित भएर आन्दोलनमा उत्रिएका हुन् । विगतका सबै सहमति सम्बोधन हुने विद्यालय शिक्षा ऐन जारी गर्न राज्यलाई बाध्य पार्न उनीहरुले आन्दोलन गरेका हुन् ।महासंघले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । यसअघि २०८० मा सरकारसँग भएको सहमति अनुसार शिक्षा ऐन जारी हुनुपर्ने उनीहरुको माग छ ।नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले विगतमा सरकारसँग भएका सबै सहमति सम्बोधन हुने विद्यालय शिक्षा ऐन जारी गर्न राज्यलाई दबाब दिन प्रदर्शन गर्न बाध्य भएको बताए । विद्यालय शिक्षा विधेयक १८ महिनादेखि संसदको शिक्षा, स्वास्थ्य तथा विज्ञान प्रविधि समितिमा विचराधीन छ । विधेयकमाथि सैद्धान्तिक छलफल भए पनि दफावार छलफल सुरु हुन सकेको छैन ।

प्रतिकृया दिनुहोस