आज : Thursday, March 20, 2025 | २०८१ चैत ७ बिहीबार

पत्रकारिता पृष्ठभूमिका ओझा बिमा प्राधिकरणको अध्यक्ष नियुक्त

समाज खबर संवाददाता |

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्षमा ओझालाई नियुक्त गरेको हो ।राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारीको संयोजकत्वमा गठित सिफारिस समितिले सर्टलिस्टमा परेका पाँचजनामध्ये ओझा, रामशरण पुडासैनी र दामोदर बस्यौलाको नाम सिफारिस गरेको थियो ।पत्रकारिता र कानुन व्यवसाय पृष्ठभूमिका ओझासँग कर्पोरेट क्षेत्रमा उच्च व्यवस्थापकीय तहमा काम गरेको अनुभव छ ।उनले क्लिकमाण्डू ,हिमाल खबर पत्रिका, नेपाली टाइम्स, देश सञ्चार अनलाइन तथा प्रशासनिक मासिक काम गरेका थिए । ओझाले यसअघि नेपाल उद्योग परिसंघ र नेपाल उद्योग वाणिज्य महासंघका लागि विज्ञको रुपमा काम गरेका छन् ।ओझा नेपाली कांग्रेसको संस्थापन पक्षसँग निकट छन् । नवनियुक्त अध्यक्ष ओझाको पुर्ख्यौली डडेल्धुरास्थित कांग्रेस सभापति एवं पूर्वप्रधानमन्री शेरबहादुर देउवाको गाउँपालिका गन्यापधुरा नै हो, हाल भने ओझा कञ्चनपुरका स्थायी बासिन्दा हुन् । देउवाकै जोडबलमा उनी अध्यक्ष बनेका हुन् ।

प्रतिकृया दिनुहोस