आज : Wednesday, March 12, 2025 | २०८१ फाल्गुण २८ बुधबार

सांसद दाहालको दबाबमा शुरु भयो बीपी राजमार्ग पुनर्निमाण 

समाज खबर संवाददाता |

काठमाडौं । गत असोजमा आएको अविरल वर्षाबाट क्षति भएको बीपी राजमार्ग तत्काल पुःन निर्माणका लागि सिन्धुली क्षेत्र नम्बर २ का सांसद राजन दाहाल (लेखनाथ) ले सरकार र संसदीय समितिकमा तीव्र दबाब दिएपछि सरकारले पनि चासो दिंदै पुननिर्माण शुरु गरेको छ ।  
गत असोज ११ र १२ को अविरल वर्षाबाट सो राजमार्गको धेरै भाग क्षतिग्रस्त बनेको छ । अहिले अस्थायी रुपमा  मर्मत गरेर संचालन भैरहेको छ । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले पनि सांसद दाहालको प्रस्तावमा राजमार्गको काम तत्काल सुचारु गर्न निर्देशन दिएको छ । सांसद दाहालले पनि सडक बिभागलाई यथाशीघ्र काम शुरु गर्न आग्रह गरेका छन् । दाहाल गत असोजमा पनि क्षतिग्रस्त सडक मर्मतमा आफै प्रत्यक्ष रुपमा खटिएका थिए । उनले सरकारलाइ पनि सडक निर्माणको काम तत्काल शुरु गर्न दबाव दिदै आएका छन् । यस अघि पनि  सांसद दाहालले  भौतिक पूर्वाधार मन्त्रालय लगायत सम्बन्धित सरकारी निकायमा सो राजमार्ग निर्माणका लागि पटक–पटक अनुरोध गर्दै आएका छन् ।धुलिखेल–बर्दिबाससम्म करिब १६० किलोमिटर लामो बीपी राजमार्ग जापान सरकारको आर्थिक र प्राविधिक सहयोगमा निर्माण भएको थियो ।

 

 

 

प्रतिकृया दिनुहोस