रवि लामिछानेको सांसद पद निलम्बन तत्काल फुकुवा गर्न रास्वपाको माग
समाज खबर संवाददाता |
![](https://samajkhabar.com/uploads/news/images/17645869dol.png)
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रवि लामिछानेको सांसद पद निलम्बन फुकुवा गर्न माग गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा सो पार्टीका कावा सभापति तथा सांसद डोलप्रसाद अर्यालले आफ्ना सभापतिको पद फिर्ता गर्न माग गरेका हुन् । सहकारी ठगी प्रकरणमा सम्पत्तिको समेत कसुरमा मुद्दा चलेपछि स्वत: निलम्बन भएका रविको पक्षमा बोल्दै उनले सरकारले मात्रै नभई संसद्ले पनि प्रतिशोध साँधेको आरोप लगाए । रवि संसदको चौथो ठूलो दलको सभापति रहेको ख्याल गर्न अर्यालले सभामुख देवराज घिमिरेलाई आग्रह पनि गरे । 'रवि लामिछानेमाथि सरकारले त प्रतिशोध साँध्यो साँध्यो सार्वभौम संसद्ले पनि सरकारको रवैयालाई समर्थन जनाएको हो कि भन्ने महसुस भएको छ,' उनले भने, 'एउटा व्यक्ति जो चौँथो ठूलो दलको सभापतिमाथि यो हदसम्मको प्रतिशोधको मूल्य सरकारले पक्कै पनि चुकाउनुपर्नेछ । झुठा मुद्दा लगाएर फसाउने सरकारको रवैयालाई जनताले बुझिसकेका छन् ।'थुनामा नरहेको अवस्थामा सांसद पद निलम्बनमा नपर्ने कानुनी व्यवस्था कार्यान्वयन गर्न माग गर्दै अर्यालले भने, 'थुनामा नरहेको अवस्थामा सासद पद निलम्बन नहुने व्यवस्थालाई कार्यान्वयन गर्दै रवि लामिछानेको सांसद पदको निलम्बन तत्काल फुकुवा गर्न माग गर्दछु ।'
प्रतिकृया दिनुहोस