बालेनलाई सांसद सिंहको चुनौती :हिम्मत भए संसद भवन भत्काएर देखाऊ
समाज खबर संवाददाता |
![](https://samajkhabar.com/uploads/news/images/1071469494anresg.png)
काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले काठमाडौं महानगरका प्रमुख बालेन शाहले हिटलर र मुसोलिनीको शैलीमा कवाडीमाथि डोजर चलाएको भन्दै आक्रोस व्यक्त गरेका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद सिंहले मेयर बालेन कबाडी व्यवसायीमाथि हिटलरको शैलीमा प्रस्तुत भएको आरोप लगाए।म बालेन शाहलाई चुनौती दिन्छु, हिम्मत छ भने संसद भवन भत्काएर देखाऊ। हिम्मत छ भने सिंहदरबार भत्काएर देखाऊ। हिम्मत छ भने रामशाह पथको सर्वोच्च अदालत भत्काएर देखाऊ। हिम्मत छ भने बालुवाटार र शीतल निवासको राष्ट्रपति भवन भत्काएर देखाऊ। यो नाजीवादको शैली काठमाडौंको मेयरको चल्दैन,’ उनले भने।
प्रतिकृया दिनुहोस