आज : Monday, March 17, 2025 | २०८१ चैत ३ सोमबार

आज ३०औं ‘जनयुद्ध’ दिवस, माओवादीले बिभिन्न कार्यक्रम गरि मनाउँदै

समाज खबर संवाददाता |

काठमाडौं । आज फागुन १ गते । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले जनयुद्ध सुरु गरेको दिन । विसं २०५२ सालमा आजकै दिनमा माओवादीले नयाँ जनवादी व्यवस्था स्थापनाका लागि भनेर जनयुद्धको उद्घोष गर्यो । ०६२ सालसम्म १० वर्ष सशस्त्र संघर्ष भयो । सिन्धुली, गोरखा, रुकुम र रोल्पामा एकैपटक सशस्त्र कार्वाही गरेर आजकै दिनमा जनयुद्धको उद्घाटन भएको थियो । वलिदानीपूर्ण संघर्षको स्मरणमा आज देशैभरि कार्यक्रमको आयोजना गरिएको छ ।त्यही जनयुद्धको जगमा ०६२/६३ सालमा जनआन्दोलन भयो । सशस्त्र र निशस्त्र एकीकृत संघर्षले संविधानसभाको निर्वाच गर्यो । देशमा गणतन्त्र, समावेशिता, समानुपातिक, संघीयतालाई स्थापित गर्यो ।माओवादी सशस्त्र द्धन्द्ध लगायतको आन्दोलनका कारण देशमा गणतन्त्र,धर्म निरपेक्षता, समावेशी, समानुपातिक प्रणाली स्थपित भएपनि जनताको अबस्थामा परिवर्तन नआएको भन्दै नागरिक स्तरमा आक्रोश ब्याप्त छ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सशस्त्र द्धन्द्ध शुरु भएको दिन फागुन १ गतेलाई जनयुद्ध दिवसको रुपमा मनाउने निर्णय गरेर सार्वजनिक बिदा दिने निर्णय गरेपनि सर्वोच्च अदालतले उक्त निर्णय बदर गरिदिएको थियो । तर माओवादीले जितेका कपितय स्थानीय तहमा आज बिदा दिएको भन्दै आलोचना भएको छ । 

 

प्रतिकृया दिनुहोस