आज : Wednesday, February 05, 2025 | २०८१ माघ २३ बुधबार

थुनछेक बहस नसकिएपछि रविलाई अदालतले न्यायिक हिरासतमा पठायो

समाज खबर संवाददाता |

चितवन । चितवनको सहारा बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलन मुद्दामा थुनछेक बहस नसकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई न्यायिक हिरासत पठाइएको छ ।बुधबार जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालको इजलाशले थुनछेक बहस नसकिँदासम्म उनलाई हिरासतमा राख्न आदेश गरेको हो ।रविसहित मंगलबार जिल्ला अदालत चितवनमा १५ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो । त्यसपछि बयानका लागि रवि बुधबार अदालतमा उपस्थित भएका थिए ।रवि कास्की, काठमाडौं र रुपन्देहीमा धरौटीमा रिहा भएका थिए । रुपन्देहीमा भने थुनछेक बहस नसकिँदा अदालतले आफन्तको जिम्मा लगाएको थियो ।तर चितवनमा भने हिरासतमा पठाउने आदेश भएको छ । चितवनमा रविलाई सहारा सहकारीको १० करोड ८० लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको अभियोग छ।

प्रतिकृया दिनुहोस