रवि लामिछाने चितवन जिल्ला अदालतमा उपस्थित, बयान हुँदै
समाज खबर संवाददाता |
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने जिल्ला अदालत चितवनमा उपस्थित भएका छन् । सहकारी ठगी प्रकरणमा आफूविरुद्ध मुद्दा दर्ता भएपछि बुधबार बिहान उनी अदालतमा उपस्थित भएका हुन् ।लामिछाने अदालतमा उपस्थित हुनका लागि मङ्गलबार स्थलमार्ग हुँदै काठमाडौंबाट चितवन आएका थिए ।
साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा लामिछानेसहित १५ जनाविरूद्ध चितवन जिल्ला अदालतमा मङ्गलबार मुद्दा दर्ता भएको थियो । व्यक्तिबाहेक ६ वटा संस्थाविरूद्ध पनि अदालतमा मुद्दा दर्ता गरिएको छ ।
प्रतिकृया दिनुहोस