रविलाई भोलि अदालतमा उपस्थित हुने शर्तमा परिवारको जिम्मा लगाइयो
समाज खबर संवाददाता |
काठमाडौं । बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम अपचलन मुद्दामा बहस सकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एव पूर्व उपप्रधान एव गृहमन्त्री रवि लामिछानेलाई पत्नी निकिता पौडेल र कानून व्यवसायीको जिम्मा लगाइएको छ ।रुपन्देही जिल्ला अदालतका न्यायाधीश पल्हादकुमार योगीको एकल इजलासले भोलि उपस्थित गराउने शर्तमा लामिछानेलाई जिम्मा लगाउन आदेश दिएको सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिए ।लामिछानेसहित ४२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा गत आइतबार मुद्दा दर्ता भएको थियो । लामिछानेसँग ४ करोड रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ ।यस अघि कास्की र काठमाण्डौं जिल्ला अदालतले रबिलाई क्रमश ६५ र ६० लाख छरौटीमा छाड्ने आदेश गरेको थियो ।
प्रतिकृया दिनुहोस