आज : Wednesday, January 22, 2025 | २०८१ माघ ९ बुधबार

अष्ट्रेलियासंग हारेसंगै नेपाल समूह चरणबाटै बाहिरियो

समाज खबर संवाददाता |

आइसिसी महिला यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताबाट नेपाल बाहिरिएको छ । बुधबार भएको समूहको अन्तिम खेलमा नेपाल अष्ट्रेलिया सँग पराजित भएसँगै जितविहीन रह्‍यो । नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भयो । अस्ट्रेलियाले दिएको १४० रनको लक्ष्य पछ्याएको नेपालले ५६ रन मात्र बनाउन सक्यो । कप्तान पुजा महतोले सर्वाधिक १८ रन बनाइन् ।पहिलो खेलमा बंगलादेशसँग हारेको नेपालले सोमबार स्कटल्यान्डसँग एक विकेटको स्तब्धपूर्ण नजिता ब्यहोरेको थियो। समूहबाट नेपाल बाहिरिदा अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड सुपर-६ मा पुगेका छन्। 

प्रतिकृया दिनुहोस