आज : Tuesday, January 21, 2025 | २०८१ माघ ८ मंगलबार

यहि माघ १८ गते संघीय संसद बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिश 

समाज खबर संवाददाता |

काठमाण्डौं  । सरकारले यहि माघ १८ गतेका लागि संघीय संसद प्रतिनिधि सभा र राष्ट्रिय सभाको बेठक बोलाउन राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको छ । 
 आज बसेको मन्त्रिपरिषद् बैठकले संसदको हिउँदे अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख देवराज घिमिरेसँग परामर्श गरेका थिए।  संसद् अधिवेशन अन्त्य र आह्वान सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ ।वर्षे अधिवेशन गत भदौ ३१ गते अन्त्य भएको थियो । नेकपा माओवादी केन्द्र लगायत विपक्षी दलहरुले सरकारले संसद छलेर अध्यादेश ल्याएको भन्दै बिरोध गर्दे आएका थिए । उनीहरुले सरकारले संसद बैठक आब्हान नगरे बिशेष अधिवेशनको माग गर्ने चेतावनी पनि दिएका थिए । 

प्रतिकृया दिनुहोस