बाहिर हल्ला गरेजस्तो अर्थतन्त्रमा समस्या छैन : अर्थमन्त्री पौडेल
समाज खबर संवाददाता |
काठमाडौं । अर्थमन्त्री विष्णु पौडलले सार्वजनिक रुपमा टिप्पणी भएजस्तो अर्थतन्त्रमा कुनै समस्या नभएको बताएका छन् । अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले भने, ‘कर्जा प्रवाह बढिरहेको छ । निक्षेप जसरी नै कर्जा विस्तार पनि विस्तारै भैरहेको छ । बैंकको लगानीमा सुधार भइरहेको छ । बैंक डुबे, अर्थतन्त्र समस्यामा छ भनेर प्रचार गरिएको छ । यस्ता नकारात्मक प्रचारले स्थान पाउनु हुदैन । बैंक र अर्थतन्त्र डुब्दैनन । न अर्थतन्त्र धराशायी छ न त बैंक नै डुबेका छन् । हावादारी प्रचार गर्न हुँदैन । एकाध समस्या हुन सक्छन तर त्यसको समाधान गर्न सकिन्छ । केही समस्या आयो भन्दैमा हामीले डुब्यो भन्दै प्रचार गर्न हुदैन ।’
प्रतिकृया दिनुहोस