आज : Tuesday, January 21, 2025 | २०८१ माघ ८ मंगलबार

सरकारले सत्तामा बस्ने नैतिक आधार  गुमायो : विपक्षी दल 

समाज खबर संवाददाता |

काठमाण्डौं । नेकपा माओवादी केन्द्र लगायत विपक्षी दलहरुले सरकारले बाचा गरे बिपरित काम कारवाही अघि बढाएकोले शासन गर्ने नैतिक आधार गुमाएरको निष्कर्ष निकालेका छन् । ‘संविधान संशोधन त प्रधानमन्त्री आफैंले ०८७ मा मात्रै हुन्छ भनिसकेपछि र अन्य सुशासन इत्यादी आदिका बारेमा उल्टो गतिविधि गरिसकेपछि नैतिक रुपमा सरकारमा बसिसकेको आधार गुमाएको छ,’ प्रचण्डले भने, ‘नैतिकताको आधारमा सरकारले राजीनामा दिनु नै उचित हुन्छ । यसको अर्थ हामी सरकारमा जान खोजिएको भन्नु हुँदैन ।’ आज भएको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा माओवादी केन्द्रका अध्यक्ष पु्ष्पकमल दाहाल प्रचण्डले संविधान सशोधनबाट पछि हटेको, सुशासन बिपरित काम गरेको , संसद छलेर अध्यादेश ल्याएको भन्दै तत्काल संसद अधिवेशन नबोलाए बिशेष अधिबेशन माग गर्ने चेतावनी पनि दिए । 
 विपक्षी दलहरुले भू माफियालाई सहयोग गर्ने गरि भूमी सम्बन्धी अध्यादेश आएको आरोप लगाएका छन् । 

प्रतिकृया दिनुहोस