आज : Wednesday, July 09, 2025 | २०८२ असार २५ बुधबार

अमेरिकाको लस एन्जलसमा भीषण डढेलो, दशौं हजार प्रभावित

समाज खबर संवाददाता |

तीव्र गतिमा फैलिरहेको डढेलोका कारण संयुक्त राज्य अमेरिकाको लस एन्जलसमा अवस्थित प्यासिफिक प्यालिसेड्सबाट दशौँ हजार मानिसहरूको उद्धार गरिएको छ।

अग्निनियन्त्रकहरूले केही घण्टाभित्रै आगो पाँच वर्ग किलोमिटरभन्दा बढी क्षेत्रफलमा फैलिएको बताएका छन्।

विमान र दमकलहरूले आगो निभाउने प्रयास गरिरहेका छन्। तर सुक्खा अवस्था र १६० किलोमिटर प्रतिघण्टासम्मको तीव्र हावाले आगो अझ फैलाएको बिबिसीले जनाएको छ । 

प्रतिकृया दिनुहोस