आज : Sunday, January 05, 2025 | २०८१ पौष २१ आइतबार

भीम रावलको आरोपमा एमालेले भन्यो : तल्लो स्तरको टिप्पणी

समाज खबर संवाददाता |

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले भीम रावलले नेकपा एमाले लक्षित गरेको टीका टिप्पणीहरु अत्यन्त तल्लो स्तरको भएको बताएका छन् ।आज बसेको सचिवालय बैठकपछि ज्ञवालीले  ओलीमाथि रावलका आरोप प्रचण्डले नेकपाकालमा लगाएको १९ बुँदे अभियोगको कपी पेस्टमात्र भएको टिप्पणी गरे ।उनले थपे, ‘३१ पृष्ठको दस्ताबेजमा ३० पृष्ठ एक प्यारा गालीगलौज अर्को पौने प्यारा अभियान चलाउँछु भन्ने कुनै छलफल गरिरहनुपर्ने विषय लागेन । अपेक्षित नै हो यो । पार्टी त्यही कारण उहाँको सदस्यता कायम नरहने निष्कर्षमा पुगेको हो ।’पार्टीले संगठित सदस्य समेत नरहने गरि कारवाही गरेपछि भीम रावलले पत्रकार सम्मेलन गरि एमाले अध्यक्ष ओलीमाथि तीव्र कटाक्ष गरेका थिए । 

प्रतिकृया दिनुहोस