नेपालमा १८ दिनमा ९ पटक भूकम्पको धक्का
समाज खबर संवाददाता |
काठमाडौं । पछिल्लो समय नेपालमा लगातार भूकम्प गइरहेको छ । पछिल्ला १८ दिनमा साना–साना ९ वटा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।यसै पुस २ यता ९ वटा भूकम्प गएका हुन् । पुस २ मा बझाङ केन्द्रविन्दु भएर भूकम्प गएको थियो । यसपछि ३ गते पनि सोही जिल्ला केन्द्रविन्दु अर्को भूकम्प गएको पाइएको छ ।नेपालमा भूकम्पले पटक पटक ठूलो क्षति पुर्याएको छ ।
प्रतिकृया दिनुहोस