आज : Sunday, January 05, 2025 | २०८१ पौष २१ आइतबार

गिरिबन्धुमा ओलीले गरेको बदमासीको पर्दाफास गर्छाैं : प्रचण्ड

समाज खबर संवाददाता |

झापा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुशासन अभियान कांग्रेस र एमालेको हेडक्वाटरमा सोझिएपछि आफ्नो सरकार ढालेको बताएका छन् ।सोमबार झापाको झापाको गौरीगंजमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफू नेतृत्वको सरकारले भ्रष्ट, दलाल, बिचौलियाविरुद्ध चालिएको सुशासनको अभियानलाई रोक्न आफ्नो सरकार ढालेको बताएका हुन् ।उनले भने, ‘मेरो नेतृत्वको सरकारले भ्रष्ट, दलाल, बिचौलियाविरुद्ध चालिएको सुशासनको अभियान कांग्रेस र एमालेको हेडक्वार्टमा सोझिएपछि रातारात सरकार ढाले । त्यसैले भ्रष्ट दलाल सरकारविरुद्ध एकजुट हुनुपर्छ।’प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले बेइमानी गरेको बताए । उनले भने, ‘अहिलेका प्रधानमन्त्री देशको जाली, झेली, कपटी, बेइमानी हो । जालझेल बाहेक उहाँको दिमागमा अरू केही छैन ।’उनले गिरिबन्धु टी स्टेटमा ओलीले गरेको बदमासीलाई पर्दाफास गरेरै छाड्ने बताए । अध्यक्ष प्रचण्डले नुवाकोटको शेरादरबारको जग्गा सरकारको नाममा ल्याउन चुनौती दिए ।

प्रतिकृया दिनुहोस