आज : Wednesday, January 08, 2025 | २०८१ पौष २४ बुधबार

दमक भ्यू टावर विकासको नमूना हो : प्रधानमन्त्री

समाज खबर संवाददाता |

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक व्यापारिक कम्प्लेक्स(दमक भ्यू टावर) विकासको नमूना भएको बताएका छन् । उनले नयाँ तरिकाको विकास कसरी गर्न सकिन्छ भन्ने नमुनाका रुपमा भ्यू टावरलाई लिन सकिने बताएका हुन् । बाक्लो जनसहभागितामा एकसय मिटर अग्लो र १८ तले सो कम्प्लेक्सको आइतबार उदघाटन गर्दै प्रधानमन्त्री ओलीले कम्प्लेक्स निर्माणबाट रोजगारी र पर्यटन वृद्धि हुने बताए । विश्वका ठुला मुलुकमा पनि आर्थिक स्रोत र पहिचानको लागि यस्ता अग्ला भवन बनेको उदाहरण प्रस्तुत गर्दै उनले कम्प्लेक्स भएको क्षेत्रलाई आधुनिक सहर बनाउने घोषणा पनि गरे । उनले आफूहरुले बलिदान गरेर ल्याएको लोकतान्त्रिक व्यवस्था मास्न नदिने उदघोष गर्दै देश चलाउने कुरा अरुलाई गाली गरे जस्तो र सहकारी ठगीजस्तो नहुने पनि बताए ।दमकको मुख्य बजार क्षेत्रबाट चार किमी दूरीमा पर्ने कम्प्लेक्स रु एक अर्ब ६३ करोड ५४ लाख ४६ हजार लागतमा निर्माण भएको हो ।कूल चार बिघा १६ कठ्ठा क्षेत्रफलमा फैलिएको सो कम्प्लेक्सलाई घरेलु र विदेशी पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकास गर्ने सरकारको अवधारणा छ ।कार्यक्रममा प्रथम महिला राधिका शाक्य, उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलगायत सहभागी थिए ।

प्रतिकृया दिनुहोस