आज : Saturday, October 05, 2024 | २०८१ असोज १९ शनिबार

क्षतिग्रस्त दक्षिणकाली मन्दिरलाई पुरानै अवस्थामा फर्काउने प्रयास

समाज खबर संवाददाता |


दक्षिणकाली(काठमाडौं)। ग्त शुक्रबार र शनिबार गएको भिषण बाढी पहिरोमा काठमाडौंस्थित दक्षिणकाली मन्दिरमा ठूलो क्षति भएपछि स्थानीय सरसफाइ र संरक्षणमा जुटेका छन् ।
वडादशैंमा भीडभाड हुने मन्दिर परिसरका अधिकांश संरचना भत्किएको र लेदो माटो पसेकाले स्थानीय जनप्रतिनिधिको अगुवाइमा सरसफाइ गरिएको छ । उक्तकार्यका लागि नेपाली सेना, शसस्त्र र नेपालप्रहरीले पनि साथदिएका छन् । 
बाढीले मन्दिर परिसरमा लेदो माटो जमेर दर्शन गर्न असहज भएको थियो । तर शनिबार सरसफाइ गरेपछि केही सहजभएको छ । नगरप्रमु खमोहन बस्नेतका अनुसार वर्षाका कारण कसैले पनि कल्पनानगरेको क्षतिव्यहोर्नु परेकाले सबै मिलेर मन्दिर सफा गरेको जानकारी दिए । 
‘दशैँको अवसरमा भएको क्षति गम्भीर छ । यसमा सबैले धैर्यताका साथविपद्लाई सामना गर्नुपर्ने अवस्था छ । नगरपालिकार समितिको संयुक्तप्रयासले गर्दा भक्तजन आउन सहज अवस्थाभएको छ,’उनले भने,‘ अपाङ्गता भएका र ज्येष्ठ नागरिकहरुकालागि छिटो दर्शन गर्ने वातावरण मिलाएका छौं साथै औषधीको पनिव्यवस्था गरेका छौ ।’
नगरपालिकाको अधिकृत एवं दक्षिणकाली धार्मिक तथा सांस्कृतिक क्षेत्र विकास व्यवस्थापन समितिको कार्यकारी अधिकृत पेशलकुमार पोखरेलले मन्दिरलाई पहिलेकै अवस्थामा ल्याउने प्रयास भइरहेको बताए । नेपाल आर्मी, नेपालप्रहरी लगायतविभिन्न संघ संस्था, स्वंमसेवक मिलेर पाँचदिनयता सरसफाइमा जुटिरहेको उनले जानकारी दिए ।
दक्षिणकाली–६ का वडाध्यक्ष शैलेस मानमानन्धरले नगरपालिका, वडा कार्यालय, व्यवस्थापन समिति, नेपाली सेना, नेपाल प्रहरी, नगर प्रहरी र भक्तजनहरुको सहयोगमा बाटो खुलाउने र फोहोरहरु सफा गरेर मन्दिर सुचारु गरिसकेको जानकारी दिए । 

प्रतिकृया दिनुहोस