आज : Saturday, October 05, 2024 | २०८१ असोज १९ शनिबार

नागरिक परोपकार संस्था कास्कीको सरसफाइ तथा सचेतना कार्यक्रम सम्पन्न

समाज खबर संवाददाता |



पोखरा,

 नागरिक परोपकारसमन्वय सस्था कास्कीले चाडबाड  अबसरमा  सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ। सरसफाइ कार्यक्रम पोखरा ३० मा रहेको शिशुवा अस्पताल , सन्क्रामक तथा सरुवा रोग अस्पताल र आफ्नै कार्यालय परिसरमा सरसफाइ गरेको थियो। सरसफाइ कार्यक्रम बिहान ७ बजे देखि  नै शिशुवा अस्पताल बाट शुरु भएको थियो। अस्पताल परिसरमा जथाभावी फोहोर , सर( समान , म्याद गुज्रेका औषधि र सुइहरु फालिएको अबस्थामा  रहेको सचिब शिबराज सुबेदीले  जानकारी गराए।  सामान्य सस्थाहरुको पहलमा मात्रै सफा गर्नै नसकिने अबस्थामा फोहोर चारैतिर फालिएको थियो। पानीले भरिएका भाडाहरुमा लामखुट्टे हरु बथानै देखियका थिए । झाडी र फोहोरमा रहेका लामखुट्टेले सफा गर्नै मुस्किल परेको कुरा सचिब  सुबेदिले समाज खबरलाइ जानाकारी गराएका थिय। सस्थाका सदस्यहरु सहित काठमाडौं   देखि आउनुभयका सरसफाइ अभियन्ता मिलन अधिकारी  लगायत  संग सामुहिक फोटो सम्म खिच्न कर्मचारी भने नमानेको उपाध्यक्ष  इन्द्रबिलास जमरकट्टेलले बताए । सस्थाले पहिले नै पत्राचार गरे पनि अस्पताल प्रसासनले भने सरसफाइमा कुनै समन्वय  भने गरेन । अस्पतालको यो अवस्थालाइ सुधार गर्नको लागि सम्बन्धित  निकायको ध्यान जानू पर्ने देखिन्छ ,नत्र उपचारमा रहेका  बिरामी र कर्मचारी  लाई नै संक्रमण हुने देखिन्छ ।

पुन सस्थाका सम्पुण सदस्यहरु प्रादेसिक सन्क्रामक तथा सरुवा रोग अस्पताल पोखरा ३० मोहोरियामा पुगेका थिय। सस्थाका  सदस्यहरु पुग्नुभन्दा  अगाडी नै अस्पताल प्रमुख र निर्देसक डा. बिकास गौचन र ब्यबस्थापन समितिका अध्यक्ष ऋषिराम जमरकट्टेल समन्वयको लागि तयारीका साथ रहेका थिए।  सस्थाको अभियानमा अस्पतालले निकै समन्वयकारी भुमिका खेलेको कार्यालय प्रमुख मनिष घिमिरेले बताए । निर्देसक डा। बिकास गौचनले बिमा कार्यक्रम लागू भएको र अब ब्लड बैंक समेत सन्चालन हुने जानाकारी गराए ्र लगत्तै वडा परिसर ३० मा रहेको सस्थाको भबन वरिपरि सरसफाइ गरियको थियो।

प्रतिकृया दिनुहोस