आज : Saturday, October 05, 2024 | २०८१ असोज १९ शनिबार

अदालतको मानहानीमा दोषी ठहर, सिधाकुराका पत्रकार कँडेल र ढुँगाना जेल चलान

समाज खबर संवाददाता |

काठमाडौं । सर्वोच्च अदालतले सीधाकुरा डटकमले अदालतको अवहेलना गरेको ठहर गरेको छ । आइतबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, हरिप्रसाद फुयाल, नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल र बालकृष्ण ढकालको इजासले उनीहरुले अदालतको अवहेलना गरेको ठहर गर्दै सम्पादक, प्रकाशकसहित तीन जनालाई कैद सजाय सुनाएको हो । अदालतले सीधाकुरा डटकमका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानालाई तीन महिना कैदको सजाय सुनाएको छ । तर उनीहरुले अदालतसमक्ष क्षमायाचना गरेमा ७ दिन कैद सजाय गर्ने फैसला भएको छ ।अख्तियारले गर्ने स्टिङ अपरेसनसम्बन्धी नियमावली खारेज गर्ने फैसला नै प्रभावमा परेर गरिएको दाबी गर्दै सीधाकुरा डटकमले ’डार्क फाइल’ नामक शृंखलाबद्ध समाचार प्रसारण गरेको थियो ।सीधा कुरा डटकमले राजकुमार तिमल्सिनाले दिएको अडियो कुराकानीका आधारमा उक्त समाचार प्रकाशन गरेको थियो । सर्वोच्च अदालतले तिमल्सिनालाई भने ६ महिना कैद सजायको फैसला गरेको छ ।यसैबीच अदालतको फैसलाको सम्मान गर्दे ढुंगाना र कँडेल जेल चलान भएका छन् । उनीहरुलाई केन्द्रीय कारागार जगन्नाथदेवल लगिएको छ । 

प्रतिकृया दिनुहोस