आज : Saturday, October 05, 2024 | २०८१ असोज १९ शनिबार

दशैंको मुखमा देश छाड्नेहरु 

समाज खबर संवाददाता |

काठमाडौं । दशैं तिहारको मुखमा देश छाड्नेहरुको संख्यामा कमी आएको छैन । महान चाड विजया दशमी मनाउन देश तथा विदेशबाट नेपालीहरु गाउँ पुगिरहँदा विदेशिनेहरुको संख्यामा कमी आएको छैन । 
रोजगारी र अध्ययनका लागि केही मानिसहरु टीका र खादा लगाएर विदेशिरहेका भेटिन्छन् । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा युवाहरु विदेश जानका लागि परिवारसँग खुशी र दुःख एकैसाथ साट्दै गरेको दृश्यहरु देख्न सकिन्छ ।
अधिकांश नेपालीहरु दशैँको उत्सवमा रमाइरहँदा केही भने रोजगारी र उच्च शिक्षाका लागि विदेश गइरहेका हुन् । अहिले दशैँ मनाउन नपाए पनि परिवारको भविष्यका बारेमा सोचेर आफू विदेशिन लागेको उनीहरुको भनाइ छ ।
चाडपर्व नजिकिएका बेला विभिन्न मुलुकमा गरी भदौमा ५७ हजार ४९३ नेपालीहरुले देश छाडेका छन् ।
वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक बर्ष ०८१।०८२ को भदौ महिनामात्र विदेशिनेमध्ये ५० हजार ७७० पुरुष र ६ हजार ७२३ महिला रहेका छन् । साउनमा ६० हजार विदेशिएका थिए ।
 

प्रतिकृया दिनुहोस