आज : Friday, October 18, 2024 | २०८१ कार्तिक २ शुक्रबार

एशिया कप खेलेर स्वदेश फर्कियो नेपाली महिला क्रिकेट टोली

समाज खबर संवाददाता |

काठमाडौं। एसिसी महिला एसिया कप खेल्न माल्दिभ्स पुगेको नेपाली राष्ट्रिय महिला टोली स्वदेश फिर्ता भएको छ। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार टोली श्रीलंकन एअरलाइन्समार्फत बिहीबार दिउँसो त्रिभुवन विमानस्थलमा ओर्लिएको हो।तेस्रोपल्ट एसिया कपमा सहभागी भएको नेपालले युएईलाई ६ विकेटले पराजित गरेको थियो। तर, पाकिस्तानसँग ९ र भारतसँग ८२ रनले पराजित हुँदै नेपाल समूहचरणबाट बाहिरिएको थियो।कप्तान इन्दु बर्माले त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सुखद अनुभव भएको बताइन् । प्रतियोगिताबाट नेपाली टिममा सुधार गर्नुपर्ने धेरै कुराहरु महसुस भएको उनको भनाइ छ ।

 

प्रतिकृया दिनुहोस