आज : Friday, October 18, 2024 | २०८१ कार्तिक २ शुक्रबार

बिमानका क्याप्टेनको उद्धार,उपचार हुुँदै,बिमानमा १९जना सवार 

समाज खबर संवाददाता |

 

काठमाडौं   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको छ ।   जहाजमा १९ जना यात्रु र चालक दलका सदस्य थिए । क्याप्टेन मनिष शाक्यलाई उद्धार गरि केएमसी अस्पताल सिनामंगल लगिएको छ । बिमान पोखराका लागि उड्न लागेको थियो । जहाजमा सौर्य एयरलाइन्सका इन्जिनियर एव प्राबिधिक थिए ।  जहाजमा सर्वसाधारण यात्रु थिएनन् । 
दुर्घटनाको थप विवरण आउन बाँकी छ। बिमानमा रहेकाहरु जिबितै भेटिने सम्भावना नरहेको बताइएको छ । घटनास्थलमा सुरक्षाकर्मीहरु खटिएका छन् । ९ एन–एएमई सीआरजे २०० विमान भुईँमा खसेलगत्तै आगो लागेको थियो । आकाशमा धुवाँको मुस्लो उडेको थियो । नेपाल आर्मी र अग्नि नियन्त्रकको टोलीले आगो निभाएर उद्धारको काम जारी राखेका छन् ।

प्रतिकृया दिनुहोस