आज : Friday, October 18, 2024 | २०८१ कार्तिक २ शुक्रबार

लुम्बिनीका मुख्यमन्त्री आचार्यले लिए शपथ,९ सदस्यीय मन्त्रिपरिषद्

समाज खबर संवाददाता |

बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । प्रदेश प्रमुख अमिक शेरचनले आचार्यलाई शपथ गराएका हुन् ।

आचार्यले शपथ लिएलगत्तै नेपाली कांग्रेस र नेकपा एमालेबाट चार/चार जना मन्त्रीले प्रदेश प्रमुख शेरचनसँग शपथ लिएका छन् । आचार्यले ८ मन्त्रीलाई बिनाविभागीय मन्त्रीको शपथ गराएका छन् । लुम्बिनीमा भुमिश्वर ढकाल, दिनेश पन्थी, बादशाह कुर्मी मन्त्री बनेका छन् । त्यस्तै धनेन्द्र कार्की, सरोज थापा (रोज राणा) पनि मन्त्री बनेका छन् ।

प्रचण्डविक्रम न्यौपाने, खेमबहादुर सारु र सीता शर्माले पनि मन्त्री पदको शपथ लिएका छन् । अहिले मुख्यमन्त्री आचार्यले सबै मन्त्रालयको जिम्मेवारी आफूसँगै राखेका छन् भने मन्त्रीहरूले मन्त्रालयको जिम्मेवारी पाइसकेका छैनन् ।

प्रतिकृया दिनुहोस