आज : Friday, October 18, 2024 | २०८१ कार्तिक २ शुक्रबार

शेयर बजारमा उछाल, २८ महिनापछि परिसूचक २५ सयको विन्दुमा

समाज खबर संवाददाता |

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा उछाल आएको छ । आज नेप्से परिसूचक ७५ दशमलव ३३ अंकले बढेर २५६३ दशमलव ४३ को विन्दुमा पुगेको छ ।यो अंक १६ चैत २०७८ यताकै उच्च हो ।

मंगलबार ३१७ कम्पनीका १ लाख ७१ हजार ३ सय ८७ पटकको कारोबारमा ३ करोड ९७ लाख ९० हजार ८ सय ८९ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम १४ अर्ब ११ करोड ६३ लाख ३० हजार ९ सय ९५ रुपैयाँ रहेको छ ।

प्रतिकृया दिनुहोस