आज : Friday, October 18, 2024 | २०८१ कार्तिक २ शुक्रबार

आज भारतसंग भिड्दै नेपाल, जित्नै पर्ने दबाब

समाज खबर संवाददाता |

काठमाडौं । एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगिताको समूह चरण अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले आज भारतसँग खेल्दैछ ।श्रीलंकाको रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार बेलुका सवा ७ बजेबाट सुरु हुनेछ। सेमिफाइनलमा पुग्नका लागि नेपाललाई आजको खेलमा भारतलाई जित्नैपर्ने दबाब छ ।पहिलो खेलमा यूएईलाई ६ विकेटले हराएको नेपाल दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले पराजित भएको थियो ।एक खेल जितेको र एकमा हार बेहोरेको नेपाली टीम भारतसंग संयमपूर्वक खेल्नका लागि तयार रहेको जनाइएको छ । 

प्रतिकृया दिनुहोस