आज : Friday, October 18, 2024 | २०८१ कार्तिक २ शुक्रबार

प्रधानमन्त्री नियुक्त भएपछि ओलीले दिए सबैलाई धन्यवाद

समाज खबर संवाददाता |

काठमाडौं । प्रधानमन्त्री नियुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।

आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा नियुक्त गरेपछि प्रधानमन्त्री ओलीले सामाजिक संजालमार्फत सबैलाई सबैलाई सम्मान र धन्यवाद दिएका हुन् ।

उनले लेखेका छन्, ‘सबैमा सम्मान । सबैलाई धन्यवाद !’ ओलीको सोमबार बिहान ११ बजे प्रधानमन्त्रीको शपथ हुँदैछ । प्रधानमन्त्री ओलीको शपथ भोलि हुने छ । भोलिनै केहि  मन्त्रीहरुले शपथ लिने बताइएको छ । 

प्रतिकृया दिनुहोस