आज : Saturday, October 05, 2024 | २०८१ असोज १९ शनिबार

कांग्रेस,एमालेको समर्थनमा मुख्यमन्त्री सिंहले पाए बिश्वासको मत

समाज खबर संवाददाता |

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत पाएका छन् । शनिबार प्रदेशसभामा मुख्यमन्त्री सिंहले विश्वासको मत पाएका हुन् ।

प्रदेशसभामा भएको मतविभाजनमा मुख्यमन्त्री सिंहमको पक्षमा ६७ मत र विपक्षमा ३४ मत परेको थियो । मुख्यमन्त्री बनेको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार सिंहले प्रदेशसभाबाट विश्वासको मत लिएका हुन् ।

केन्द्रमा समीकरण फेरिएसँगै प्रदेशमा पनि समीकरण फेरिएको छ । जसअनुसार मुख्यमन्त्री सिंहलाई कांग्रेस र एमालेले साथ दिएका छन् ।

त्यसअघि आजै मुख्यमन्त्री सिंहले मुख्यमन्त्री सिंहले नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल सङ्घीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका मन्त्रीलाई बर्खास्त गरेका थिए ।

प्रतिकृया दिनुहोस