आज : Saturday, October 05, 2024 | २०८१ असोज १९ शनिबार

बेलायतमा १४ बर्षपछि लेबर पार्टीको सरकार बन्दै, स्टार्मर नयाँ प्रधानमन्त्री

समाज खबर संवाददाता |

बेलायतमा मतसर्वेक्षणहरूले किअर स्टार्मरको लेबर पार्टीले अत्यधिक बहुमत हासिल गर्ने देखाएका छन्।

बीबीसीले स्टार्मर अब यूकेको नयाँ प्रधानमन्त्री बन्न सक्ने प्रक्षेपण गरेको छ।

विगत १४ वर्षदेखि कन्जर्भेटिभ पार्टीको सरकार रहेको यूकेमा यो पटक लेबर पार्टीले सरकार बनाउने मतसर्वेक्षणहरूले देखाएका छन्।

लेबरले ४०५ सीट र प्रधानमन्त्री ऋषि सुनकको कन्जर्भेटिभ पार्टीले १५४ सीट जित्ने प्रक्षेपण गरिएको छ। एक्जिट पोल वास्तविक नतिजा नभए पनि विगतका निर्वाचनहरूमा यस्ता सर्वेक्षणहरूको प्रक्षेपण मिलेको देखिन्छ।

बेलायतमा राजाले सबैभन्दा धेरै सीट जितेको दलका नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ।

एउटै दलले बहुमत सीट हासिल गरेको अवस्थामा यूकेमा सप्ताहान्तअघि नै नयाँ प्रधानमन्त्री नियुक्त हुने ठानिएको छ।

नराम्रो चुनावी नजिता बेहोर्ने ठानिएका ऋषि सुनकले नतिजा आएको दिन नै ‘टेन डाउनिङ स्ट्रीट’ भनिने प्रधानमन्त्री कार्यालय छोड्ने छन्। संसद्‌मा दोस्रो धेरै सीट जित्ने पार्टीका नेता प्रमुख प्रतिपक्षी दलका नेता बन्छन्।

नवनिर्वाचित संसद्को बैठक जुलाई ९ मा बस्ने छ।

प्रतिकृया दिनुहोस