आज : Monday, May 20, 2024 | २०८१ जेठ ७ सोमबार

आज कांग्रेस संसदीय दलको बैठक बस्दै,बजेट अधिवेशनको तयारीमा छलफल

समाज खबर संवाददाता |

काठमाडौं । शुक्रबारदेखि सुरू हुने संसद्को बजेट अधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ।

बैठकआज  दिउँसो २ बजे संघीय संसद् भवन नयाँ वानेश्वरको ल्होत्से हलमा बस्ने प्रमुख सचेतक रमेश लेखकले बताए।बैठकले बजेट अधिवेशनमा संसद्मा खेल्नुपर्ने भूमिकाबारे निर्णय गर्नेछ। ‘देशको गृहमन्त्रीमाथि नै सहकारी ठगीको आरोप लागेको छ। तर, सरकारले छानविन गर्न मानेको छैन,’ प्रमुख सचेतक लेखकले  भने, ‘हामी यो परिस्थितिमा सबै सांसदहरूको विचार र धारणा सुन्न चाहेका छौँ।  
शुक्रबारदेखि बजेट अधिवेशन बोलाइएको छ। कांग्रेसले भने सहकारी ठगी प्रकरणमा छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने मागमा अडान राख्दै आएको छ।

कांग्रेसको संसदीय दलको  बैठकमा बजेट अधिवेशनको तयारी, सहकारीको अनियमितता प्रकरणमा संसदीय छानबिन समिति गठन लगायत विषयहरूमा छलफल हुने लेखकले  बताए।

 

प्रतिकृया दिनुहोस