आज : Saturday, July 27, 2024 | २०८१ श्रावण १२ शनिबार

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते चौथो पटक विश्वासको मत लिने

समाज खबर संवाददाता |

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी जेठ ७ गते  प्रधानमन्त्री प्रचण्डले आफ्नो तेस्रो कार्यकालमा चौँथो पटक विश्वासको मत लिदै छन  ।

 गत वैशाख २३ गते जनता समाजवादी पार्टी नेपाल विभाजन भएपछि अध्यक्ष उपेन्द्र यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।

नेपाली कांग्रेसले  सदन अवरुद्ध गरिरहेका बेला प्रधानमन्त्री प्रचण्डले   विश्वासको मत लिने भएको हुन  । सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार विश्वासको मतका लागि प्रधानमन्त्रीको सचिवालयले संसद् सचिवालयलाई पत्र पठाइसकेको छ । संवैधानिक व्यवस्था अनुसार सत्ता साझेदार दलले समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मत लिनुपर्ने  हुन्छ । ।

प्रतिकृया दिनुहोस