गायक रवि ओड धरौटीमा रिहा
समाज खबर संवाददाता |

काठमाडौं । वैवाहिक बलात्कारको मुद्दामा प्रहरी हिरासत रहेका गायक रवि ओडलाई जिल्ला अदालत कञ्चनपुरले लाई ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएकाले विहीबार साँझ रिहा भएको कञ्चनपुर प्रहरीका डीएसपी उमेश जोशीले जानकारी दिए । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ओडले गत साता इलाका प्रहरी कार्यालयमा आफैं उपस्थित भएर आत्मसमर्पण गरेका उनलाई प्रहरीले ५ दिनको म्याद थपेर अनुसन्धान गरिरहेको थियो ।
बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै गत २० चैतमा श्रीमतीले उजुरी दिएकी थिईन । रवि ओड नेपाल आइडल सिजन २ का विजेता हुन ।
प्रतिकृया दिनुहोस