आज : Wednesday, February 12, 2025 | २०८१ माघ ३० बुधबार

आगामि फागुन ३ गते पोखरा भ्रमण बर्ष घोषणा हुँदै

समाज खबर संवाददाता |

पोखरा । पोखरा महानगरपालिकाले पर्यटकीय राजधानी पोखरामा सन् २०२५ का लागि पोखरा भ्रमण वर्ष घोषणा गर्ने तयारी गरेको छ ।  महानगरपालिकाले आउँदो फागुन ३ गते एक समारोहका बीच ‘पोखरा भ्रमण वर्ष २०२५’ घोषणा गर्ने तयारी गरेको हो । पोखरालाई गत वर्ष चैत्र ४ गते नेपालको पर्यटन राजधानी घोषणा गरिएको थियो । आज पोखरामा आयोजित विशेष बैठकमा पोखरा महानगर प्रमुख धनराज आचार्यले भ्रमण वर्ष घोषणाको लागि विभिन्न समिति र उपसमिति बनाएर तयारी तीव्र पारिएको बताए । हामीले ‘पोखरा भ्रमण वर्ष २०२५’ घोषणाका लागि एक हजार ५० सदस्यीय मूल समारोह समिति, तीन वटा समिति र ४३ वटा उपसमिति बनाएर तयारीलाई तीव्र पारेका छौं,’ मेयर आचार्यले भने, ‘मूल समारोह समितिको बैठक बसेर छलफल गरेका छौ, फागुन २९ गते पत्रकार सम्मेलन गरेर समिति र उपसमिति सार्वजनिक गर्ने छौँ ।’ कार्यपालिका सदस्यहरूको संयोजकत्वमा उपसमितिहरू निर्माण भएको उनले जानकारी दिए । मूल आयोजक समिति र निर्देशक समिति आफ्नै संयोजकत्वमा र कार्यसम्पादन समिति पर्यटन क्षेत्रका व्यक्तिको संयोजकत्वमा बनाइएको मेयर आचार्यले बताए ।

प्रतिकृया दिनुहोस