मानव तस्करीको अभियोगमा पक्राउ परेका कोशीका पूर्व मन्त्रीअधिकारीलाई काठमाण्डौं ल्याइयो, अनुसन्धान हुँदै
समाज खबर संवाददाता |
विराटनगर । मानव तस्करीको अभियोगम पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई काठमाण्डौं ल्याइएकोछ । उनलाई विराटनगरस्थित निवासबाटै पक्राउ गरेर ह वाइ मार्गबाट काठमाण्डौं ल्याइएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधमा उनलाई पक्राउ गरिएको हो। मन्त्रिपरिषदबाट भ्रमण स्वीकृत नगराई उनी जापान गएका थिए । उनीसँगै अन्य ३ जना व्यक्ति पनि जापान गएका थिए । तर जापानको अध्यागमनले उनलाई फर्काइदिएको थियो । मानव तस्करको योजना अनुसार मन्त्री जापान पुगेको भन्दै विरोध भएपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए । सँगै जापान गएकाहरुलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ । अधिकारीले भने आफूलाई फसाइएको दाबी गरेका छन् । उनले अनुसन्धानमा सघाउने बताएका छन् ।
प्रतिकृया दिनुहोस