खोरमा थुनिदैमा बाघ स्याल हुँदैन : रवि
समाज खबर संवाददाता |
भैरहवा । यहि कात्तिक २ गतेदेखि प्रहरी हिरासतमा रहेका रास्वपा सभापति एव पूर्व गृहमन्त्री रवि लामिछानेलाई रुपन्देहीमा बयान लिइएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई कडा सुरक्षाबीच हवाइ मार्गबाट आज भैरहवा लगिएको थियो ।
आज जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा उनको बयान लिइएको थियो ।
आजको बयान सकिएपछि निस्कँदै गर्दा सरकारी वकिलको कार्यालयको बार्दलीबाट उनले समर्थकहरुलाई थम्ज अप गरेका थिए ।
त्यस क्रममा उनले खोरमा थुनिँदैमा स्याल बाघ हुँदैन भन्ने प्रतिक्रिया दिएका थिए ।
उनी अरु बोल्न खोजेपनि सुरक्षाकर्मीले बोल्न दिएनन् । उनीहरुले हात समाउँदै तल झारेका थिए ।
रविलाइ आज जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा राखिएको छ ।
प्रतिकृया दिनुहोस